Fast Nepal News

बिश्व दोङ र पुण्य गौतमद्धारा तामाङ प्रेमगीत शिल्बा शिल्बा लाबा को लोकार्पण

banner single news

 

२५ फागुन २०७७
काठमाडौ । तामाङ गीतसंगीतको बजारमा आज फेरी एउटा म्युजीक भिडियोको संख्या थपिएको छ । चन्द्र ब.लामाको तामाङ प्रेम गीत शिल्बा शिल्बा लाबा बोलको गीत सार्वजनिक भएसंगै आज तामाङ गीतसंगीत बजारमा म्युजि भिडियो संख्या थप भएको हो ।

डम्फु मिडियाका सञ्चालक÷तामाङ चलचित्रका नायक एवं निर्देशक अमिर दोङको सभापतित्व तथा नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष÷चर्चित गायक तथा संगीतकार बिश्व दोङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बिशेष अतिथिको रुपमा पि.एचडि.स्कलर एवं नेकपाका युवा नेता समेत रहेका पुण्य गौतको साथमा गायक तथा संगीतकार अमृत लामाको पनि उपस्थिती रहेका थिए ।

काठमाडौ स्थित एक होटलमा गायक तथा संगीतकार बिश्व दोङको साथमा नेता पुण्य गौतमद्धारा सार्वजनिक गरिएको उक्त गीत बिलकुलै माया पिरतीमा आधारित गीत रहेको छ । यो गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नमोबुद्ध न्युजका सञ्चालक छेडुप दोङ तामाङले आफ्ना व्यवसायबाट थोरै समय छुट्याएर तामाङ समुदायको लागी आफ्ना कलम चलाउन पाएकोमा खुशी व्यक्त गर्दै अबका दिनहरुमा पत्रकार सम्मेलन गर्दै गीत सार्वजनिक गर्ने कार्यक्रममा थोरै परिमार्जन गर्नुपर्ने कुरामा जोड दिंदै कार्यक्रम आयोजकले कार्यक्रमको आयोजना गरे जस्तो, पत्रकारहरुले पनि आफ्ना उपस्थिती जनाए जस्तो मात्र नहोस्, हरेक गीत सार्वजनिक कार्यक्रमबाट केही न केही उपलब्धि हांसील गर्दै जानु पर्ने र समयलाई ख्याल गर्दै सकरात्मक परिवर्तन गर्दै जानु पर्ने कुरा व्यक्त गरेका थिए ।

यसै क्रममा सारा खबरका सम्पादक मिलन दोङ तामाङले भने उक्त गीतको भिडियो शुटिङ रिपोर्टको बारेमा जानकारी दिदै पत्रकार सम्मेलन भनेर पत्रकारहरुलाई निमन्त्रण गरेपश्चात निर्धक्कले आफुलाई गीत जस्तो लागेको त्यस्तै सामाचार सम्प्रेषण गर्न पाउनुपर्ने कुरा व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे म्युजिक भिडियोको बारेमा थोरै कमिकम्जोरी औंल्याएर सामाचार लेखेमा धम्कि र दबाव खेप्नु पर्ने अनि थोरै राम्रा पक्षलाई उजागर गरेर लेखेमा पत्रकारले पैसा लिएर राम्रा लेखेछ, पत्रकार पैसामा बिकेछ भन्ने खालका आरोप आएको कुरा समेत व्यक्त गरेका थिए ।?रउश्र

Inside Article Ads

कार्यक्रमका बिशेष अतिथि पुण्य गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै भने जीवनमा हजारौं कार्यक्रममा अतिथिको रुपमा उपस्थित भए होला तर आफ्नो जीवनमा भने यो पहिलो ऐतिहांसिक कार्यक्रम रहेको कुरा व्यक्त गरेका थिए । तामाङ समुदाय नेपालको देशभक्त र स्वाभिमानी समुदाय रहेको र गोपाल योन्जन, जयनन्द लामा, अरुणा लामा, राजु लामा लगायतका कलाकारहरुको नाम छुटायो भने गीतसंगीतको क्षेत्र अधुरो रहने कुरा व्यक्त गरे । कुलमान घिसिङ लगायत तामाङ समुदायका हस्तिहरुको नाम लिदै उनले भने तामाङ सेलो नेपाली लोक संगीतको सबैभन्दा उत्कृष्ट भाका रहेको कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गायक तथा संगीतकार बिश्व दोङले भने तामाङ गीतसंगीतको ३५ बर्षको यात्रा २०४२ साल फागुन १५ गते चन्द्र कुमार मोक्ताने दुम्जाला बजार भन्ने तामाङ एल्बम बाट शुरु भएको तामाङ गीतसंगीतको बजारमा आजसम्म करिब ३७१ वटा एल्बम निकालिएको र २९ सय भन्दा बढी गीत सार्वजनिक भएको तथ्य बताए संगै ३५ बर्षको अबधिमा यत्ति धेरै फड्को मारेकोमा खुशी व्यक्त गरे । गीतसंगीतको बिकासको क्रममा अलिअलि बिकाससंगै बिनाश पनि भएकोले त्यसलाई सच्याउदै अघि बड्नु पर्ने कुरा व्यक्त गर्दै उनले भने आफ्नो लोक साहित्य, कला संगीतलाई मारेर कोही बिकसित हुन सकिदैन तसर्थ परिमार्जितको नाममा बिकृति बिसंगती ल्याउन नहुने कुरा बताएका थिए । नायक तथा निर्देशक अमिर दोङले उपस्थित सबैजनालाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए भने कार्य्रम नायिका तथा मोडल सुनिता लुङ्वाले सञ्चालन गरेका थिए ।

आशिक लामाको शब्द रचना रहेको उक्त गीतमा संगीत एक्क योन्जनको रहेको छ भने स्वर एक्क योन्जन र सुमिना लो को रहेको छ । कर्साङ लामाको एरेन्ज÷मिक्सिङ रहेको उक्त गीतको भिडियोमा भने बुद्ध लामा, एलिना लामा र बिजय लामाको अभिनय रहेको छ । बिजय लामाको निर्देशनमा बनेको शिल्बा शिल्बा लाबाको भिडियो कन्सेप्ट राजु श्रेष्ठको रहेको छ भने सम्पादन बिजय राज भुर्तेलले गरेका हुन् ।

गितको म्युजि भिडियो भने डम्फु मिडिया अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.