Fast Nepal News

मौलिक गीत ‘सल्लाघारी’ गीतको म्युजिक भिडियो सार्वजनिक

banner single news

काठमाडौं ।नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘सल्लाघारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।

Inside Article Ads

रामेश्वर हुँमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्देशन भिडियोमा रहेको छ । ‘सल्लाघारी’ गीतको म्युजिक भिडियोमा फरिता खड्का र जिबेश सिंह गुरुङको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् https://youtu.be/E8DFVXTJApw

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.