Fast Nepal News

कवि रामचन्द्र तिम्सिनाको “भेंडाहरुको शहर” नामक कविता संग्रहको कभर सार्वजनिक –

banner single news

 

 

सामाजिक बिकृती विरुद्ध लेख रचना मार्फत सशक्त खबरदारी गर्दै आउनु भएका कवि लेखक तथा राजनीतिकर्मी रामचन्द्र तिम्सिना(आवाज)ले आफ्ना १०० वटा कविताहरु समेटेर “भेंडाहरुको शहर” नामक कविता संग्रह बजारमा ल्याउँदै छन् ।

राजनीतिक र सामजिक दुबै पक्ष समेटिएको संग्रहमा मर्म, पीडा र आक्रोश पोखिएको कुरा अन्लाईनसंगको कुराकानीमा हामिलाई बताउनु भएको छ।
मुख्यत गलत राजनीतिक परिपाटीको यसमा जोडदार बिरोध गरिएको छ।

Inside Article Ads

शिर्षक “भेंडाहरुको शहर” रहेको मुल कविताको बिचको केही अंश यस्तो रहेको छ –

“जन्मिदै जिन्दावाद र मुर्दावाद सिकेका छन् ।
खर्कको घाँस बिर्सेर बियर र मासु घिचेका छन् ।
गाउँका ठुला-ठुला पाटनमा भेटिदैन आजभोलि
चिल्ला सडकमा
खुल्लामञ्चको चौरमा
कोहि बदाम छोडाईरहेका
कोहि कालो चिया पिईरहेका
कोहि मासु रक्सी धोकिरहेका भेटिन्छन्”……

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.