Fast Nepal News

भोलि शुक्रबार देखि देशभरका सिनेमा घरमा ´गोर्खे

banner single news

`
काठमाडौं २० फागुन
काजी लिम्बुको लेखन र किम्म्त गौतमको निर्देशन रहेको नेपाली कथानक चलचित्र´गोर्खे`फागुन एकाईस अर्थात शुक्रबार देखि नेपाल भरी एक साथ प्रदर्शन हुँदै छ।

अर्जुन गुरुङ,रबिन्द्र प्रताप सेन,अञ्जली अधिकारी,
एन्जल श्रेष्ठ,अस्मी लामा,अस्मिता श्रेष्ठ(रानी),सरोज तामाङ,साजन थापा मगर लगाएत कलाकारको अभिनय रहेको यस चलचित्रमा चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको सङ्गीत र अन्जु पन्त,भुषण खतिवडा,साहास शाक्य को स्वर रहेको छ ।चलचित्रमा गोरखालीको बहादुरीको गाथा समेटिएको छ।

कोजु ईन्टरटेनमेन्टको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु तथा हरि थापाले निर्माण गरेको यस चलचित्रमा नेपालका रमणीय स्थलहरु पाल्पा,बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंका दृश्य कैद गरिएको छ।

Inside Article Ads

केहि दिन अघि चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित टाईटल लिरिकल गीत सार्वजनिक भए संगै चर्चामा आएको यस चलचित्रको अन्य गीत भने निकै चर्चामा रहेको छ । चलचित्रको “गोर्खे ..“ तिन गीत रिलिज संगै चलचित्र हेर्ने र नेपाली चलचित्रलाई मायाँ गर्ने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ।
हेर्नुहोस् गोर्खेको टेलर…

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.