Fast Nepal News

‘मिस टिन ईन्टरनेशनल नेपाल’ २०२०/२१ को उपाधी समिक्षा निरौला को हातमा

banner single news

 

काठमाडौँ  क्रिएटिभ नेरोद्धारा हालै आयोजित ‘मिस टिन ईन्टरनेशनल नेपाल’ २०२०/२१ को उपाधी समिक्षा निरौलाले जितेकी छिन् ।

गठ्ठाघर, भक्तपुरकी १८ वर्षिय समिक्षाले उपाधिको साथमा विधागत तर्फको मिस क्याट वाकको अवार्डसंगै ‘मिस टिन ईन्टरनेशनल नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्दै ललितपुरस्थित झम्सिखेलमा रहेको द अर्वान हब मा सम्पन्न प्रतियोगितामा बौद्दकी १७ वर्षिय सोनिया तुलाधरले मिस टीन युनिभर्स नेपाल र विधागत तर्फको मिस पपुलर अवार्ड जितिन् । त्यसैगरी नया बानेश्वरकी १८ वर्षिय आस्था कुवँरले मिस टिन ग्लोबल ब्युटी नेपालको उपाधी संगै विधागत तर्फ मिस फोटोजेनिक अवार्ड हात पार्दा भक्तपुरकी १३ वर्षिय सिमरन कुटुले मिस टिन चार्म नेपालको उपाधीसंगै विधागत तर्फको मिस ट्यालेन्ट अवार्ड हात पारिन।

साथै बानेश्वरकी १७ वर्षिय स्मारिका बरालले मिस टीन प्लानेट नेपालको उपाधी संगै विधागत तर्फको मिस पिपुल्स चोइसको अवार्ड आफ्नो हातमा पार्न सफल भईन।

Inside Article Ads

विधागत तर्फ भने स्मृती डाँगी अर्गनाईजर चोइस, बिहानी श्रेष्ठ मिस कन्जिनियालिटी, श्रेया गुरुङ मिस फेशन आइकन, दिक्षा तामाङले बेस्ट स्माईलको अवार्ड आ-आफ्नो हातमा पार्न सफल भए।

त्रिलोक बिक्रम थापाको कोरियोग्राफी र सवल नकर्मीको कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा मोडल तथा ईभेन्ट मेनेजर सुशान्तकाजी श्रेष्ठ, दिक्षा चौधरी, चन्द्र सिरमल, फ्लाबिया श्रेष्ठ, सुमन खड्का,रुबिश्का श्रेष्ठ निर्णायक रहेका थिए।

टेकुस्थित मसला कटेजमा करिव दुई हप्तासम्मको सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरी अन्तिम प्रतिस्पर्धामा सहभागी गराईएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक जनक मगरले गराए।

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.