Fast Nepal News

बुटवलमा चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ को च्यारिटी शो

banner single news

 

बुटवल,माघ २६। नेपाली समाजको यथार्थ चित्रण गरि निर्माण भएको नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ को च्यारिटी शो कलाकारहरुको साथमा बुटवल स्थित मिलन चलचित्र मन्दिरमा भब्य रुपमा सम्पन्न भएको छ । बृद्धा आश्रमलाइसहयोग गर्ने हेतुले चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ बुटवलमा च्यारिटि शो गरिएको निर्माता रिता मल्लले जानकारी दिनुभएको हो । सामाजिक विकृति विसंगति विरुद्ध तिखो व्यंग्य प्रहार गर्दै समाज रुपान्तरणका लागि चलचित्रले महत्वपूर्ण सन्देश दिएकोे चलचित्रका हेरेपछि दर्ह्सकहरुले प्रतिक्रिया दिएका थिए। अर्गानिक नेपालीपन मिसिएको चलचित्रले समाज विकासमा योगदान गर्ने चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले फिल्म हेरेपछि हाम्रो मुलुकमा बिद्यमान सामाजिक असमानता,जातिय छुवाछुत,रुढीवादीता,बर्गीय असमानता आदि लगायतका बिभिन्न कुरिति र सामाजिक प्रेमकथालाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको बताएका छन् । त्यस्तै समाजको यथार्थ चित्रणलाइ पर्दामा रमाइलो ढंगले उतारिएको चलचित्रकी निर्माता रहेकी रिता मल्लले जानकारी दिएकि छिन। काठमान्डौ, पाल्पा र रुपन्देहीका रमणिय ठाउमा खिचिएको फिल्म समग्रमा कथा र कलाकारको राम्रो कम्बिनेशन रहेको र दर्शकले फिल्म मनपराउने चलचित्रका निर्देशक शिव आचार्यले बताए। मल्ल शाही इण्टरटेन्मेण्ट प्रालिको ब्यानरमा भेष कुमारी शाही तथा रिता मल्लको निर्माण रहेको नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ मा निर्देशन शिव आचार्य, कथा जनक गुरुङ, छायांकन हरि बहादुर आले, सम्पादन तारा थापा किम्भे , शृंगार सरु ओली, द्वन्द मिलन श्रेष्ठको रहेको छ ।

Inside Article Ads

उक्त चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ मा शिव आचार्य , कृष्ण मल्ल , कालु राना , टार्जन , बसन्त राना रंगिला , आवाश ज्ञवाली,अपेत्ता, ज्योति,राज आदि कलाकारहरुको अभिनय रहेको छ। लुम्बिनी कलाकर्मी संघको आयोजनामा भएको च्यारिटि शोमा हलमा दर्शक खचाखच भरिएको थियो। सो कार्यक्रममा सानिमा लाइफ इन्स्युरेन्सका प्रकाश गौतमले चलचित्रको सफलताको कामना गरेका थिए। नेत्र बिष्ट म्यानेजर रहेको फिल्मको पोस्ट प्रोडक्सन द पाल्म ग्रुप प्रालिले गरेको थियो। च्यारिटीमा कलाकारसंगै विभिन्न संघ/संस्थाका व्यक्तित्व, व्यवसायी, पत्रकार,समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.