Fast Nepal News

हरि लम्सालको स्वरमा ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक ( भिडियो )

राजेश हमालको मनै रुवाउने भिडियो 'ज्यानै फाल्नु पहिले' सार्वजनिक ( भिडियो )

banner single news

काठमाडौँ । अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको म्युजिक भिडियो ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक गरेका छन्।


मर्नु सरल छ जिउनु कठिन , यो दुनिया कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउदा हुन्छन लड्छन र जिउछन भन्ने संदेश दिन खोजिएको यस गीतमा स्वर गायक तथा संगीतकार हरि लम्सालको रहेको छ भने किरण कडेलको संगीत संयोजन रहेको छ।

मार्मिक म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्वकर्मा को साथमा बालकलाकार श्रीवानी थापा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

Inside Article Ads

यस अघि गीतकार तथा संगीतकार बसन्त लम्सालले ‘यसलाई पर्दा उसले हेर्थ्यो’, ‘तिमी मेरो एउटा’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। यस गीतको म्युजिक भिडियोलाई हेरिदिन सम्पुर्णलाई निर्माण समुहले सबैलाई आग्रह गरेका छन्।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.