Fast Nepal News

“ए नोन हिन्न” म्युजिक भिडियो सार्वजनिक

banner single news

काठमाडौं । “ए नोन हिन्न” म्युजिक भिडियो वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ ज्यूको प्रमुख अातित्थ्तामा सार्वजनिक भएको छ ।

पत्रकार मिलन लामा दोङले गीत संगीतकोबारेमा पत्रकारको कलमबाट खुलेर लेख्दा कलम माथि हस्तक्षेप गरेमा निष्पक्ष रुपमा समाचार नअाउने बताएको छ ।

गायक तथा संगीतकार विशाल काल्तेनले यो गीत विसुद्ध प्रेम गीत भएको हुनाले सबैले रुचाउने दाबी गर्नु भएको छ । यहाँले गीत संगीतको बारेमा खुलेर कमेन्ट् गरिदिन अनुरोध गर्दै सभ्य कमेन्ट् गर्नकालागि उहाँले सबैमा अनुरोध पनि गर्नुभएको छ ।

काभ्रे नेपाली कांग्रेसको युवा नेता तथा कार्यक्रमको विशेष अतिथि बेल लामाले नेपालमा बसेर नेपाली भएको अनुभुति गर्ने अधिकार नेपाली राजनीतिको कारणले पिल्सिएकाे दाबी गर्दे तामाङ गीत संगीतको माध्यमबाट समुदायको अधिकारको रक्षा गर्न सफल हुन शुभकामना दिनुभएको छ ।
विशेष अतिथि रन्जिता ब्लोनले महिला अधिकारको संरक्षण गर्न सक्ने गीत संगीतहरु निर्माण गर्न अनुरोध गर्नु भएको थियो ।

Inside Article Ads

प्रमुख अतिथि तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले इतिहास कोट्याउनु भएको थियो । उहाँले अभिभावकको रुपमा अहिले नयाँ कलाकारहरुले उभाईदिएकोमा सबैलाई धन्यवाद दिनुभयो । तामाङ समुदायले सांगीतिक क्षेत्रको विकासमा इतिहास नभुल्न पनि अनुरोध गर्दै उहाँले भन्नुभयो “सिसाम तामाङ सितोपा” तामाङ गीत गाउदा प्रहरीले धेरै दुःख दिएको अनुभुति सुनाउनु भएको थिय‍ो । उहाँले अझपनि प्रविधिसँग नजिक भएर प्रचारप्रसारमा ध्यान दिएर सयंता अप्नाएर अगाडि बढ्न सकेमा सफल हुने भन्दै बुद्ध ज्ञानको उदाहरण पेश गर्नुभएको थियो ।
उहाँले अारोप प्रतिअारोप जति अाउछ त्यसलाई मनन गरेर अगाडि बढेमा सफल हुने बताउनु भएको छ । मनतव्यको क्रममा उहाँ तेमालको ऐतिहासिकतालाई जीवित राख्नका लागि तयार गरेको ऐतिहासिक गीतको पत्रकार सम्मेलनको बारेमा जानकारी दिनुभयो र सबैलाई उपस्थितिका लागि उहाँले अनुरोध गर्नु भएको छ ।
शब्द संगीत विशाल कल्तन, गायक कान्छा रिदम र गायिका जित्तु लोप्चनको स्वर रहेको ए नोन हिन्न म्युजिक भिडियोको सिन्धुपाल्चोक र दोलखाको कालिन्चोकमा छायांकन गरेको छ ।

मोडल तथा नायक तेमाल सिं तामाङ र मोडल यङ्गी द‍ोङको अभिनय रहेको यो म्युजिक भिडियोको बारेमा अहिले नै कमेन्ट् गरिहाल्ने अवस्था भने छैन ।
उर्गेन लामाको निर्देशन र विवेक लामाको छायांकन रहेको छ     https://youtu.be/HGzkjkq4Aeo

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.