Fast Nepal News

म्युजिक भिडियो ‘न्याय मरेको देश’ सार्वजनिक

banner single news

गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत ‘न्याय मरेको देश’ सार्वजनिक गरिएको छ । सञ्चारकर्मी बिना श्रेष्ठद्वारा निर्देशित म्युजिक भिडियो काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ । कलाकार मदनकृष्ण श्रेष्ठले प्रमुख आतिथ्यमा सार्वजनिक भिडियोले बलात्कार, एसिड काण्ड र छाउपढी प्रथा सम्बन्धी कथा बोल्छ ।

रश्मी शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन, अनिलकुमार महर्जनको सम्पादन रहेको छ । भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बाशु शाही, अनिता पौडेलले अभिनय गरेका छन् ।

Inside Article Ads

‘न्याय मरेको देशमा’ बोलको गीतअनुसार आफूले भिडियो निर्माणमा निकै नै मेहनत गरेको निर्देशक श्रेष्ठले बताइन् । “अरुले गीतको भिडियो व्यवसायिक रुपमा बनाउँछन् । तर हामीले समाजिक न्याय र अपराधविरुद्ध बनाएका छौं,’ उनले भनिन्, “समाजप्रति पनि सचेत हुनुपर्दछ । आफ्नो ठाउँबाट समाज र देशका लागि योगदान दिनुपर्छ भन्ने लागेर समाजिक विषयलाई गीतमार्फत् भिडियोमा प्रस्तुत गरेका छौं ।”

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.