
काठमाडौं, साउन २१।मणिलिङेस्वर फिल्मस र कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रा लिको ब्यानरमा ममता रायमाझीको प्रस्तुति रहने नेपाली कथानक चलचित्र सुस्केरा निर्माण हुने भएकोछ
शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहने सुस्केरा चलचित्र लाइ नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइले निर्माण गर्ने भएकाछन
एउटा अबोध सडक बालक जो आफै बाच्न लाइ संघर्स गरिरहेकोछ तर उ अरुको लागि बाच्न चाहान्छ ,यहि सेरोफेरोको कथा सुस्केराले बोल्नेछ
यस चलचित्रमा दिनेश कोइराला , नेहा देव, डा. ओमकृष्ण प्रसाइ, नबराज अधिकारी ,मौसमी कार्कि, र बालकलाकार हरु शुभम अधिकारी , हार्दिक पौडेल र नायरा प्रसाइको अभिनय रहनेछ
यस चलचित्रमा रबिन्द्र बरालको छायांकन , राजन महर्जनको नृत्य ,मदन न्यौपानेको मेकप , राजेस कुमारको सम्पादन रहनेछ भने शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहनेछ काठमाडौको मिडिया कोर्डिनेटर प्रमोद डिजि हुन भने कोशि प्रदेशको मिडिया कोर्डिनेटर मनोज दहाल रहेकाछन
चलचित्रको छायांकन यहि भदौको दोश्रो साता बाट हुनेछ भने चलचित्रको छायांकन काठमाडौ , भक्तपुर आसपास को क्षेत्रमा हुनेछ।।।