Fast Nepal News

सभ्यताको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

banner single news

काठमाडौं — पुस २४, २०७७।

नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अनुप तिवारीको शब्द, संगीत तथा गायन रहेको ‘फूल’ बोलको गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युवराज केशरीको निर्देशन रहेको ‘फूल’ बोलको म्युजिक भिडियोमा नारी संवेदनामा आधारित कथा देख्न सकिन्छ ।

Inside Article Ads

उक्त भिडियाेमा सभ्यता संगै निर्देशक स्वयं युवराज केशरी, पवन तिवारी, राज श्रीवास्तव लगायतको अभिनय रहेको छ ।
यस्तै भिडियोमा प्रेम कार्की र नितेश तिमिल्सिनाको छायांकन तथा प्रेम कार्कीकै सम्पादन देख्न सकिन्छ ।

काठमाडौमा स्थायी घर भई भारतको मुम्बईलाई आफ्नो कार्यक्षेत्र बनाउदै आएकी सभ्यताले आफुलाई वलिवूडमा समेत स्थापित गर्ने क्रममा रहेकी छिन ! पछिल्लो समय रिलिज भएको हिन्दी म्युजिक भिडियो पसन्द आया लगायत तीन दर्जन भन्दा बढी हिन्दी नाटकहरुमा अभिनय गरी सकेकी सभ्यताले क्राइम पेट्रोल, सावधान ईन्डिया, तुम बिन जिया जाएना, सावित्री देवी कलेज एण्ड हस्पिटल जस्ता चर्चित हिन्दी सिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.