यही असोज ११गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र आँखा परम्परागत शैली भन्दा फरकशैलीमा प्रचार प्रसारमा जुटेकोले दर्शकको नजरमा आँखा परेको छ ।
अहिले काठमाण्डौ,ललितपुर र भक्तपुरकोचोक चोकमा आँखाको फ्लेक्स बोकेका केही स्पाईडर म्यानहरु भेटिनसक्छन । तपाईहरु नझुक्किनु होला त्योनै चलचित्र आँखाले अपनाएको फरक प्रचार प्रसारको शैली हो । यसरी स्पाईडर म्याननै आँखाको ब्यानर बोकेर उपत्यकाका विभिन्न चोकमा निस्किँदा उनलाई हेर्ने मानिसहरुको भिड लाग्ने गरेको छ । कति मानिसहरुले आँखाको ब्यानर बोकेको स्पाईडर म्यानसँग फोटो खिचाउने कसैले भिडियो खिचि फेसबुक ,रिल,टिकटकमा हाल्ने गरेका छन जुन अहिले फेसबुक,टिकटक लगायतका सामाजिक संजालमा भाईरल छ । केही हप्ता अघिमात्र आँखा चलचित्रको टिजर छोडिएको थियो । उक्त टिजरमा बुद्धी तामाङ्गले बोलेको “यो भाग्य भन्ने चिज पनि कता कता भागिरहेकोछ ” भन्ने सम्वाद अहिले हिट छ ।
अहिले सबैको मुखमा यही सम्वाद झुण्डिएको छ । टिजरमा आर के मेहेता र अस्मिता लामिछानेको साईलेन्स अ्याक्टले दर्शकको मन छुएको छ । अहिले काठमाण्डौका मेयर बालेन शाहले हटाउन खोजिरहेका तीनैसुकुम्वासीको कथमा आधारित चलचित्र हो आँखा । आँखाको टिजर दर्शकको आँखाबाट हटन नपाउँदै केही दिनकै अन्तरालमा आँखाको टिमले एकदम सान्दर्भीक तथा मर्मस्पर्शी “खुशी” बोलको गीत युटुवमार्फत सार्वजनकि गर्यो । जसले गर्दा आँखाले एक पछि अर्को गर्दै दर्शकको माया पाईरहेको छ । उक्त गीतमा गरिविले लुटिएका खुशी र रहरहरुलाई गाँठो पार्दै जिउनु पर्ने बाध्यतालाई देखाईएको छ । फेरी आज ६ गतेआईतबारको दिन आँखाको २ मिनेट ३६ सेकेण्डको ट्रेलर युटुवमार्फत सार्वजनिक भएको छ । उक्त ट्रेलरमा एक गरिबले शहरमा भोग्नु परेको दुःख र संघर्षलाई देखाईएको छ । आँखामा आर.के. मेहेता र अस्मिताा लामिछानेको अल्लवा निशा अधिकारी,बुद्धी तामाङ्ग,पशुपति राई,विजय बराल,प्रविन खतिवडा,राजन खतिवडा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस फिल्मका छायाँकार आलोक शुक्ला हुन । यसका लेखक तथा निर्देशक तथा निर्माता जौन योञ्जन हुन भने । यसका सहनिर्माता रेनुका कार्की ढोली हुन । सह निर्माता कार्की ढोली उनी आफै एक नाम चलेकी थिएटर कलाकार हुन । यस फिल्मका वितरक आर.आर फिल्मस प्रा.लि. हो ।