नेपाली चलचित्र ‘शाम्बाला’को प्रिमियरमा आइतबार काठमाडौँ आएका भारतीय अभिनेता नवाजुद्धिन सिद्धिकीसँग सोमबार नेपाली कलाकार तथा दर्शकले अन्तर्क्रिया गरेका छन्।
मण्डला थिएटरमा भएको कार्यक्रममा भारतीय निर्देशक अनुराग कश्यप पनि उपस्थित रहने भनिए पनि उनी बिरामी भएकाले उपस्थित हुन् सकेनन् ।
मीनबहादुर भामको चलचित्र शाम्बालाको आइतबार छायाँ सेन्टरमा प्रिमियर भएको हो। प्रिमियरमा भारतीय निर्देशक अनुराग कश्यप, अभिनेता नवाजुद्धिन सिद्धिकी, नेपाली कला तथा राजनीति क्षेत्रमा विशिष्ट व्यक्तिहरुसहित गण्यमाण्यहरु सहभागी थिए।
सोमबार नेपाली चलचित्रकी अभिनेत्री सुरक्षा पन्त, रिमा विश्वकर्मा तथा अन्य कलाकार र दर्शकले अभिनेता नवाजुद्धिन सिद्धिकीसँग अन्तर्क्रिया गरेका हुन्।
निर्देशक भामका साथी अनुराग कश्यप विशेष निम्तोमा शाम्बालाको प्रदर्शनमा नेपाल आएका हुन्।