शुक्रबार नेपाली चलचित्र ‘रावायण’ र ‘देवी’ एकै दिन रिलिज भएका छन्।
पूजा शर्मा र पल शाह अभिनित चलचित्र रावायणले एक सय २० हाराहारीको शो संख्या पाउँदा देवीले ५० मात्र पाएको छ।
बलात्कारको घटनामा कानूनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा ‘देवी’ चलचित्रको मुख्य कथा हो।
चलचित्रमा फरक भूमिकामा आफूलाई अब्बल साबित गरिसकेका नाजिर हुसेनदेखि गौरव पहारी, टीका पहारी, ध्रुव कोइराला, शिल्पा मास्के लगायतका कलाकारले फिल्मा अभिनय गरेका छन्।
रावायण’ चलचित्रमा पूजा शर्मा पत्रकारको भूमिकामा देखिँदा ‘देवी’मा पनि बलात्कार विरुद्ध पत्रकार पात्रलाई नै प्रस्तुत गरिएको छ।
दुवै चलचित्र एकै दिन रिलिज भए पनि प्रचार र विवादले ‘रावायण’ अगाडि थियो। शुक्रबार शो संख्यामा पनि रावायण नै अगाडि देखिन्छ।
्