
तामाङ चलचित्र संघको आयोजनामा २९ औ तामाङ चलचित्र दिबस तथा तामाङ फिल्म अवार्ड सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक लामाको अध्यक्षता र उप सभामुख इन्दिरा रानाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रमा नाम कमाएका र तामाङ चलचित्रमा बिशेष योगदान दिएका ब्यतित्वहरुलाई सम्मान समेत गरिएको थियो। साथै कार्यक्रममा बिभिन्न चलचित्रमा आबद्ध कलाकाहरु, प्रबिधिकहरु र चलचित्र पत्रकारहरुलाई समेत सर्बोउत्कृष्ट अवार्ड दिईएको थियो ।
अवार्ड पाउनेहरुमा निर्देशक निमा लामा चलचित्र तिङ्ला नाङ्साल, निर्मात्रीमा भगवती मोक्तान चलचित्र दोर्जे डन ब्याक अगेन, त्यस्तै सर्बोउत्कृट नायकमा कुमार मोक्तान चलचित्र दोर्जे डन ब्याक अगेन बाट भने नायिकामा सिता लामा चलचित्र मायासे लासि ३ बाट सर्बोउत्कृष्ट अवार्ड पाएका थिए । त्यस्तै सर्बोउत्कृट ब्यानरमा सक्सेस फिलिमबाट अमर लामाले हात पार्न सफल भएका थिए भने कथामा लेखन रितिराज पाख्रिनले चलचित्र सेर्कु बाट पाएका थिए त्यस्तैे दुन्द्व निर्देशकमा राजु किरातले पाएका थिए भने नृत्य निर्देशकमा सुनिल मोक्तानले चलचित्र काला दाग बाट अवार्ड थाप्न सफल भएका थिए त्यसैगरी सम्पादनमा दिपक तामाङले चलचित्र ह्युल्ला कानुन, र छायांकनमा बिस्वास भन्डारीले फिलिम थुजुछे बाट अवार्ड लिन सफल भएका थिए। त्यसैगरि खलनायकमा बिकु बहादुर थोकर चलचित्र म्लाङ पावारबाट थिए भने सह नायक आराम्भ तामाङले चलचित्र ङ्हो र सह नायिकामा रुपा एस घलेले चलचित्र ब्रेल्साङ बाट जित्न सफल भएका थिए । त्यस्तै नब नायक नायिका तर्फ समिर रुम्बाले मायाला घ्रान र नब नायिकामा छिरिङ मुक्तानले अवार्ड लिएका थिए। त्यसैगरि अभिनेता तर्फ बिगेन्द्र वाइबा चलचित्र टु बाट थिए भने अभिनेत्री तर्फ भुइसाल लामाले चलचित्र आबालेङ्ला नाम्सा बाट सर्बोउत्कृट अर्वाड पाएका थिए। त्यसैगरी हाँस्य कलाकारमा कुइसाङ रुम्बा चलचित्र म्हेन्दो बाट थिए भने गायकमा बिसाल काल्तान र
गायिकामा जितु लोप्चन सर्बोउत्कृट अवार्डले सम्मानित भएका थिए। सथै उत्कृष्ट मिडियामा म्हेन्दोला फोले बाट सुनिल लामाले हात पारेका थिए भने उत्कृष्ट संगितकारमा जोगलाल लामाले चलचित्र ब्रेल्साङ बाट अवार्ड हात पार्न सफल भएका थिए । त्यस्तैे गीत रचनाकार तर्फ कुमार स्याङ्बाले चलचित्र प्राङना बाट सर्बोउत्कृष्ट अर्वाड हात पार्न सफल भएका थिए ।
लगभग प्रमुख अतिथीको ढिलाइका कारण ढिला हुन पुगेको कार्यक्रम ढिला सम्म चलिरहदा अनौठो कुरा त कार्यक्रमको समापन सम्म आयोजक, प्रबिधिक र पत्रकार मात्र रहेका थिए भने करिब आधा हलका सिट अतिथीले नै भरिएको र बाँकी सम्मान पाउनेहरुले भरिभराउ हुँदा कार्यक्रममा अवार्ड लिदै घर तर्फ लाग्ने प्रबृतीले अन्य सम्ममा आफै अवार्ड सम्मान लिदै ताली बजाउनु पर्ने समेतको अबस्था आएको थियो। साथै मनमुटवका कारण तामाङ चलचित्रकर्मीहरु ३६ को आँकाडा उभिएकै कारण पनि एक तर्फका चलचित्रकर्मीहरुको उपस्थिती भने शुन्य नै देखिएको थियो ।