Fast Nepal News

चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनको ५१ औं दिन पूरा

banner single news

चलचित्र ‘घरज्वाइँ’ले शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ ।

अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको चलचित्रले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको हो ।

‘घरज्वाइँ’ असार २८ गते रिलिज भएको थियो । क्यूएफएक्स चेनको काठमाडौंस्थित सिटी स्क्वायर महल, आईएनआईको एनबी सेन्टर वानेश्वर, लोत्से मल बसपार्क र क्युबक्स बुटवलमा समेत चलचित्र प्रदर्शन भइरहेको छ ।

Inside Article Ads

‘घरज्वाइँ’ मगर समुदायको कथामा आधारित चलचित्र हो । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगरसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा मगर, कविता आले मगर, अनु थापालगायत कलाकारको अभिनय छ ।

 

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.