Fast Nepal News

चलचित्र ‘वर एण्ड वधु’को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा प्रिमियर

banner single news

शुक्रबारदेखि देशभरका हलमा रिलिजमा आउन लागेको चलचित्र ‘वर एण्ड वधु’को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा प्रिमियर आयोजना गरिएको छ ।
‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा चलचित्र क्षेत्रका फिल्मीकर्मी, पत्रकार र राजनीतिज्ञहरुको उपस्थिती थियो ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्र हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायत हल पुगेका थिए । यस्तै, चलचित्रका मुख्य कलाकारहरु आँचल शर्मा, किरण केसी, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए ।

चलचित्र हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट चलचित्र उत्कृष्ट बनेकोमा सबैलाई हेर्न आग्रह गरेका छन् । यस्तै, वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि चलचित्रको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकिय पाटोको तारिफ गरेका छन् ।

Inside Article Ads

चलसचत्र हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमा चलचित्र उत्कृष्ट बनेको बताइन् । उनले, आँखा शित्तल हुने चलचित्र हेर्न पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै, कलाकार केदार घिमिरेले पनि फिल्म नै राम्रो बनेको प्रतिक्रिया दिए ।

निर्देशक सुयोग गुरुङले यस्तो फिल्म हेर्दा आफूलाई निकै रमाइलो लाग्ने भन्दै निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार चलचित्र बनाएको प्रतिक्रिया दिएका छन् ।
नायिका मिरुना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । उनले, आँचलको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.