Fast Nepal News

चलचित्र ‘पिताम्बर’ मा स्टार अभिनेताहरूको लाइनअप थप बलियो हुँदै

banner single news

चलचित्र ‘पिताम्बर’ मा स्टार अभिनेताहरूको लाइनअप थप बलियो हुँदै गएको छ।

यसअघि नै थुप्रै चर्चित कलाकारहरूले यो चलचित्रमा संलग्न भएका थिए, र अब दयाहाङ राईको थपिएपछि मुख्य कलाकारहरूको संख्या अझै बढेको छ।

यस चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्यदेव, गौरव विष्ट, विशाल पहारी, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्टलगायतका कलाकारहरू पहिल्यै फाइनल भइसकेका छन्।

Inside Article Ads

यस प्रभावशाली कलाकारहरूको उपस्थितिले चलचित्रप्रति दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ। यति धेरै स्टार अभिनेताहरू एकै फिल्ममा समेट्दा कथा र पात्रहरूको व्यवस्थापन कसरी गरिएको छ भन्ने जिज्ञासा स्वाभाविक हो। दर्शकहरूको बीचमा मुख्य पात्र ‘पिताम्बर’ को भूमिकामा को छन् भन्ने चर्चा पनि चलिरहेको छ। अब दयाहाङको प्रवेशपछि उनी कुन भूमिकामा देखिन्छन् भन्ने उत्सुकता झन् बढेको छ।

निर्देशक कृषा चौलागाईंले चलचित्रको कथा हरेक कलाकारको स्टारडमलाई न्याय गर्नेगरी तयार गरिएको बताएकी छिन्। उनका अनुसार राम्रो भूमिका र अर्थपूर्ण चरित्र नहुँदासम्म कुनै कलाकारलेचलचित्रमा काम नगर्नेछन्। “हाम्रो फिल्ममामा संलग्न भएका प्रत्येक कलाकारको चरित्र महत्वपूर्ण र विशेष छ,” निर्देशक कृषाले भनिन्, “रोल सुहाउँदो नहुँदा अहिलेका चर्चित स्टारहरूलाई अफर गर्न अफ्ठ्यारो हुन्छ।”

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.