Fast Nepal News

गायिका विष्णु माझीको यो वर्षको तीज गीत सार्वजनिक भएकै दिन भाइरल

banner single news

भदौ ८ गते अर्थात शनिवार बिहान सपना म्यूजिक इन्ड्रष्ट्रिजको युट्युब च्यानलबाट सार्वजनिक भएको गायिका विष्णु माझीको यो वर्षको तीज गीत सार्वजनिक भएकै दिन भाइरल भएको छ ।

गायिका विष्णु माझीलाई तीज क्विन भनिन्छ, अर्थात उनले हरेक वर्ष तीजका लागि सार्वजनिक गर्ने गीत दर्शक तथा स्रोताले अत्यन्त मन पराउँछन् । यसपटक पनि त्यस्तै भयो । शनिवार गीत सार्वजनिक भएको १२ घण्टा भित्रै यूटयुबमा यसले साढे आठ लाख भ्यूज पाइसकेको छ भने १० हजार बढी प्रतिक्रिया पाएको छ । ८५ हजार बढीले भिडियोलाई लाइक गरेका छन् ।

सुन्दर मणि अधिकारीले रचना गरेका शब्दहरु निकै मर्मस्पर्शी छन् । एउटी चेलीले यो वर्षको तीजमा माइती घर आउन नपाएको सन्देश गीतले समेटेको छ । एउटी छोरीले आफ्नी आमालाई यो वर्षको तीजमा आउन नसक्ने सन्देश यो गीतमार्फत सुनाएकी छिन् । गीतका शब्दहरु सरल छन् । सुन्दरमणि अधिकारीको संगीत पनि सरल छ । एक पटक सुन्दा नै दर्शक तथा स्रोताले यो गीतका शब्दहरु टपक्कै टिप्न सक्छन् ।

Inside Article Ads

अधिकांश दर्शकले यूट्युबमा यो गीतको प्रशंसा गर्दै विष्णु माझीको तीज गीत आएपछि मात्र वास्तविक तीज आएको प्रतिक्रिया जनाएका छन् । गीतको भिडियो केही लामो छ । झण्डै १७ मिनेट लामो यो गीतको भिडियोमा एकातिर कलाकारहरुले नृत्य गरेका छन् भने अर्कोतिर एउटी छोरीको कथालाई पनि संग संगै अघि बढाइएको छ । ती छोरीले यस पटकको तीजमा किन माइत जान पाइनन् भन्ने विषयलाई भिडियोमा चित्रण गरिएको छ ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.