
चलचित्र ‘के घर के डेरा-घर नम्बर २’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
निर्देशक दीपेन्द्र खनालले मंगलबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । उनले छायांकनमा निस्किएको ५ दिनमै चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो चलचित्र माघ ११ गते प्रदर्शनमा आउने भएको छ ।
चलचित्रमा आर्यन सिक्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, केकी अधिकारी र उपासना ठकुरी शीर्ष भूमिकामा रहेका छन् । निर्देशक खनालका अनुसार चलचित्र काठमाडौं आसपासको क्षेत्रमा खिचिनेछ ।
यो चलचित्र ‘के घर के डेरा’को दोस्रो सक्वेल हो । यसको कथा बुद्धिसागर मरासिनीले लेखका हुन् ।
एप्लस इन्टरटेन्मेट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रका निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।
