Fast Nepal News

चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक,असोज ३ गते प्रदर्शन हुँदै

banner single news

आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ ।

अभिनेता धिरज मगर र अभिनेत्री उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रको टिजरमा धिरज र उपासन प्रेमभाव र माओवादीको जनयुद्धले गाउँमा पारेको प्रभाव देखाउन खोजिएको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक अशोक थापा मगर हुन् । लेखन समेत मगरकै रहेको चलचित्रमा निर्माता वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतानमगर छन् भने सहनिर्मातामा मानबहादुर धनाहमगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन छ ।

Inside Article Ads

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन , सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारको अभिनय छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रमा एसडी योगी र छान्जु पार्क कोरियनको संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत छ ।

 

 

 

Visited 89 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.