Fast Nepal News

प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक

banner single news

चलचित्र  ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

रमित ढुङ्गानाको निर्माण निर्देशन रहेको चलचित्र पोस्ट प्रोडक्सनमा छ । चलचित्रको फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।

प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुङ्गेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत कलाकार फष्टलुक्समा अटाएका छन् ।

तर, चलचित्रमा अभिनय रहेको पूर्व प्रधानमन्त्री माधव नेपाल भने पोस्टरमा अटाएका छैनन् ।

चलचित्रको सार्वजनिक हुने दोस्रो पोष्टरमा माधव नेपाल समेटिने निर्देशक रमित ढुंगानाले बताएका छन्। माधव नेपाल अटाएको पोस्टर केही दिनमै सार्वजनिक हुने निर्देशक रमितले जानकारी दिएका छन् ।

Inside Article Ads

चलचित्रमा सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपाल बाहेक मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।

एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ ।


Visited 62 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.