Fast Nepal News

भाद्र २१ गते सिनेमाहलमा आउने भयो पुजा पल अभिनित चलचित्र रावायण

banner single news

पुजा शर्मा र सुदर्शन थापा प्रोडक्शन द्वरा निर्मित चलचित्र रावायणको टिजर सार्बजनिक गरिएको छ । भाद्र २१  गते बाट प्रदर्शनका लागि तयार पारिएको चलचित्रलाई सुदर्शन थापाले कथा लेखन तथा निर्देशन गरेका छन् भने चलचित्रका मुख्य कलाकारहरुमा पुजा शर्मा, पल शाह, प्रियंका कार्की, रहेका छन् । चलचित्रलाई स्क्रिप्ट लेखेका छन् शिबम् अधिकारीले भने छाँयांकन शौरभ लामाले गरेकाछन्। चलचित्रको टिजर हेर्दा भारतिय साउथ मुभिको छनक आउछ भने चलचित्रको द्वन्द्व पक्षमा श्री श्रेष्ठको काम उत्कृष्ट देख्न सकिन्छ। त्यस्तै छाँयांकन पक्ष पनि उत्कृष्ट देखिएको छ । सबै पक्ष सफल हुदाहुदै पनि चलचित्रको भि एफ एक्स पक्षमा भने खोट लगाउन सक्ने टिजर हेरेरै अड्कल बाजी लगाउन सकिन्छ। यति हुदा हुदै पनि चलचित्र चल्ने मिती भाद्र २७ गते तोकिएको हुनाले र अझै सुटिङको काम जारी रहेको हुनाले पनि केही प्रबिधिक समस्याहरुलाई पोष्ट प्रोडक्शनमा मिलाउन सकिने सम्भावना भने छदैछ । नाम सुन्दा राम र रावणको चरित्र वरिपरि कथा घुमेको छ कि भन्ने अडकल लगाउन सकिन्न्छ।  यति भन्दै गर्दा र नाम सुन्दा कत्तै धार्मिक चलचित्र हो कि भन्ने दर्शकलाई यो टिजर हेरेपछी सबै प्रश्नको जवाफ मिलेको छ देख्न सकिन्छ ।

Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.