Fast Nepal News

नेपालमा भारतका चर्चित चार टेलिभिजन च्यानलको प्रसारण रोक

banner single news

सेवा शुल्क नतिरेपछि भारतका चर्चित चार टेलिभिजन च्यानल जी, सोनी इन्टरटेनमेन्ट, स्टार र कलर्सको प्रसारण नेपालमा रोकिएको छ।

च्यानल प्रशारणकर्ता र वितरकबीचको आर्थिक विवादका कारण तत्कालका लागि प्रसारण रोकिएको हो। सेवा प्रदायकले ग्राहकहरूलाई एसएमएस मार्फत अवरोध बारे जानकारी गराएका छन्।

नेपाल राष्ट्र बैंकले सेवाको भुक्तानीका लागि आवश्यक मुद्रा सटही सुविधा उपलब्ध नगराउन समस्या आएको सेवा प्रदायकको भनाइ छ।

Inside Article Ads

सेवा प्रदायक कम्पनीहरूले चाँडै नै यी चार च्यानलको प्रसारण सुचारु गर्न समाधान खोज्ने आश्वासन दिएका छन्।

यसअघि आपसी लेनदेनको विवादका कारण इन्टरनेट सेवा पनि अस्थायी रूपमा बन्द गरिएको थियो।

 

 

Visited 36 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.