Fast Nepal News

चलचित्र ‘पिताम्बर’को दोस्रो चरणको वर्कसप सुरु

banner single news

भदौमा दोस्रो चरणको छायांकन हुने चलचित्र ‘पिताम्बर’को अहिले वर्कसप भइरहेको छ ।

काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा चलचित्रको वर्कसप चलिरहेको छ ।

भदौ १ गतेबाट छायांकनमा जाने चलचित्रमा कलाकारको बलियो लाइनअप छ ।
चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरि, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायतको अभिनय रहनेछ ।

चलचित्रको पहिलो चरणको छायांकन गत वर्षको फागुनमा नवलपरासीमा गरिएको थियो ।

Inside Article Ads

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाईं छन् ।

निर्देशक कृषा चौलागाईंको यो आफ्नो ड्रिम प्रोजेक्ट भएको बताइरहेकी छन् । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् ।
प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा ५ करोड रुपैयाँ बजेट लाग्ने बताइएको छ ।

 

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.