Fast Nepal News

नेपथ्य ब्याण्ड संगीत यात्राका लागि अमेरिका जाँदै

banner single news

चर्चित नेपाली ब्याण्ड नेपथ्य संगीत यात्राका लागि अमेरिका जाने भएको छ ।

छैटौँ पटक आफ्नो गीत सुनाउनका लागि अमेरिका जान लागेको नेपथ्यले यो यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सात वटा फरक फरक सहरका मञ्चहरूमा आफूलाई प्रस्तुत गर्नेछ ।

यसका लागि आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरमा आफूलाई प्रस्तुत गर्नेछ । यो स्थानको प्रस्तुती नेपथ्थकै लागि पनि पहिलो हो । डेनभरको पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ ।
दोश्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । तेस्रो प्रस्तुति भने ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ ।
त्यसपछिको चौथो कन्सर्टका लागि ब्यान्ड फेरि अमेरिकाको दक्षिण भेगतिर फर्केर टेक्सास राज्य पुग्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो ।

Inside Article Ads

त्यसपछि भने ब्यान्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ । अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाली भने बेग्लै हल ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरु पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ ।यसपछि ब्यान्डको अर्को प्रस्तुती मेरिल्याण्ड राज्य हुनेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्यान्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ१’ को प्रेक्षालयमा आफूलाई प्रस्तुत गर्नेछ ।

यसरी अमेरिका भिन्नका शहरमा प्रस्तुतीको तयारी गरेको ब्याण्डले अन्तिम कन्सर्टका निम्ति पेन्सिलभानियाको ह्यारिसवर्ग सहर रोजेको छ । ब्यान्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको शृङ्खलाबद्ध यात्राकै अन्तिम अर्थात् सातौँ कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ ।

Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.