
चितवनमा गायिका मेनुका पौडेल सम्मानित भएकी छिन् ।
धर्मदर्शन फाउन्डेशनद्वारा सञ्चालित आश्रमले प्रथम वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानित गरेको हो । उनलाई देवघाटधाममा रहेको धर्मदर्शन आश्रमले नगद ५१ हजार १ रुपैयाँसहित धर्मदर्शन कला–संस्कृति–२०८१ सम्मान प्रदान गरेको जनाइएको छ । फाउण्डेशनका प्रमुख पंडित कुबेर सुवेदीले भजन र संगीतको माध्यमबाट समाज रुपान्तरणमा योगदान दिएकाले गायिका पौडेललाई सम्मान गरिएको बताएका छन् ।
उनलाई नरायणी कला मन्दिरले पनि सम्मान गरेको थियो। संघका अध्यक्ष रोहितकुमार श्रेष्ठले गीत, संगीतको माध्यमबाट देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएकोले गायिका पौडेललाई कलामन्दिरमै बोलाएर सम्मान गरिएको बताएका छन्।