Fast Nepal News

चलचित्र “आउटलः दफा २१९” को टिजर सार्वजनिक,सुशिलको इन्ट्री प्रशंसाा गर्न योग्य

banner single news

आगामी असोजको ३ गतेदेखि रिलिजमा आउने चलचित्र  “आउटलः दफा २१९” को टिजर सार्वजनिक भएको छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अमित अग्रहरि निर्माताको रुपमा छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।
यस चलचित्रमा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।

Inside Article Ads

सार्वजनिक टिजरमा चलचित्रको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । सम्पादक साहिलले आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा टिजर तयार पारेका छन् । टिजरमा सुशिलको इन्ट्री प्रशंसाा गर्न योग्य छ । अन्तिममा उनको एङ्ग्री अवतारले दर्शकको मन जित्ने देखिन्छ ।

चलचित्रको मेकिङ उच्च देखिएको छ । संविधान दिवसको दिन रिलिज हुने यो चलचित्रले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने यसको निर्माणपक्षको दाबी छ । चलचित्रको फस्टलुक रिलिज भएसँगै यसको चर्चा पनि चुलिएको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.