Fast Nepal News

दीलिपले लाख बिन्ती गर्दा भयो यस्तो…(भिडियो)

banner single news

काठमाडौं,१२ पुस ।

अभिनेता दीलिप रायमाझी अभिनीत ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । रामकृष्ण ढकालको स्वरमा रहेको गीतको भिडियो फिल्म निर्देशक राजु अधिकारीले निर्देशन गरेका हुन् ।
युट्युव च्यानल मान्शा मान्शभी क्रियशनमा अप्लोड गरिएको भिडियोमा दीलीपका साथमा बिन्दिया शाही,निक शर्मा र सपनकुमार थापाले अभिनय गरेका छन् । लब्ली नवीनको प्रस्तुतिमा सरला भण्डारी अधिकारी निर्मात्री रहेको भिडियो चितवन र पोखराका बिभिन्न स्थानमा मा खिचिएको हो । मान्शा मान्शभी क्रियशनले नेपाली गीत–संगीत,म्युजीक भिडियो र चलचित्र निर्माणको क्षेत्रमा निरन्तर अघि बढ्ने उद्धेश्य लिएको छ । जसअनुसार केही समयभित्रै यो कम्पनीले चलचित्र निर्माण गर्ने तयारी गरेको बताइएको छ ।

Inside Article Ads

राम कडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो रबिन्द्र बरालले खिचेका हुन् । राजेश कुमारले सम्पादन गरेको भिडियाको प्राबिधिक निर्देशक आशुतोष अधिकारी र मुख्य साहायक निर्देशक दीपक अधिकारी छन् । भिडियोमा बैबाहीक जीवनमा एकले अर्काको भावना बुझ्न नसक्दा आइपर्ने समस्यालाई प्रस्तुत गरिएको छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.