Fast Nepal News

चलचित्र ” नमेटिने घाउ “मा सांसद ज्ञानेन्द्र शाहीले गरे स्वरांकन

banner single news

अभिनेता रमित ढुंगानाको निर्माण निर्देशनमा बन्न लागेको चलचित्र ” नमेटिने घाउ “मा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पात्रको स्वरांकन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत देखिने चलचित्रका लागि ओलीले पनि स्वरांकन गर्ने निर्देशक ढुंगानाले बताएका छन्। एसिड सर्भाइभरको वास्तविक जीवनमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ पीडितको कथा समेटेको जानकारी ढुंगानाले गरेका छन्। चलचित्र शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर लेखेको दाबी गरेका छन्।

Inside Article Ads

मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले अभिनय गरेको चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत दुई सयभन्दा बढी प्रहरी पनि कलाकारका रूपमा देखिनेछन्। चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि देखिनेछन्।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.