Fast Nepal News

वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

banner single news

वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिवंश शनिबार विराटनगर आएका थिए ।

विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौं फर्कने तयारीमा थिए । तर अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना भएका छन्।

Inside Article Ads

आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाउजिङका निर्देशक प्रकाश मुन्दडाले बताएका छन् ।
आचार्य बिरामि भएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्यअवस्था बुझेका छन् । आचार्यको स्वास्थ्य सामान्य रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

 

 

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.