Fast Nepal News

चलचित्र ‘नम्बरी सुन’ले चलचित्र हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा

banner single news

चलचित्र ‘नम्बरी सुन’ले चलचित्र हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ ।

ललितपुरस्थित झम्सिखेलमा सोमवार चलचित्र युनिटले गरेको पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई चलचित्रका तर्फबाट सुन उपहार दिने घोषणा गरेका हुन् ।

निर्माता खातीले खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’ को टिकट काट्ने ५ जना तथा त्यसभन्दा बाहिरका ७ जनालाई दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरेका हुन् । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने खुलाएका छन् ।चलचित्रका प्रस्तुतकर्ता खाती पेशाले सुन व्यवसायी हुन् ।
चलचित्रका निर्देशक राजु गिरिले चलचित्रले झण्डै ७० वर्ष अघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताएका छन् । ‘अहिलेका दर्शकले मन पराउने फ्लेवरको माया प्रेम, सेन्टिमेन्टल र कमेडी शैली फिल्ममा छ’, उनले भने ।

Inside Article Ads

फिल्मकी अभिनेत्री नम्रता सापकोटाले फिल्ममा आफूले प्रेम प्राप्त गर्न संघर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेको बताइन् । ‘अहिलेसम्म मैले गरेका फिल्मभन्दा केही फरक काम ‘नम्बरी सुन’ मा छ’, उनले भनिन् ।

चिलचित्र आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.