Fast Nepal News

फेसियल हाउसको १३ औं बार्षिकोत्सव भब्यताको साथ सम्पन्न

banner single news

काठमाडौं, १० पौष – सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसको १३ औं बार्षिकोत्सव भब्यताको साथ सम्पन्न भएको छ ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ,नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ वरिस्ठ सौन्दर्यविद प्रा. डा.राजश्री श्रेष्ठ लयायतको उपस्थिती रहेको थियो । कार्यक्रमा स्वागत मन्तब्य व्यक्त गर्दै फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले नेपालमा लगानीको सुरक्षा नहुँदा व्यवसायी बन्न गार्हो बन्ने गरेको आफुले महशुश गर्ने गरेको बताएका थिए ।

सोही अवसर माझ वरिस्ठ सौन्दर्यविदद्व्य प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो । कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपाकी सचेतक शान्ता चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गर्नुका साथै महिला उद्यमशिलताको क्षेत्रमा विशिस्ठ योगदान पुर्याउदै आएको उल्लेख गरिन ।

Inside Article Ads

कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना महामारीका कारण महिला उद्यमीहरु बढी प्रभावित बनेको उल्लेख गर्दै कोरोनाको महामारी अझै नसकिएको हुँदा सुरक्षित भएर व्यवसाय गर्नुपर्ने बताईन । अध्यक्ष श्रेष्ठले फेसियल हाउसले आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढन सकोस भन्दै शुभकामना समेत व्यक्त गरिन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले फेसियल हाउसको सफलताको कामना गर्दै सौन्दर्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताईन । त्यसैगरी नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडकाले कोरोनाका कारण व्युटिसियनहरुले पेशाबाट हात धुनु परेको बताउदै सौन्दर्य पेशामा लाग्नेहरुलाई राज्यले उपेक्षा गरेको उल्लेख गरिन ।

कार्यक्रम माझ समाजसेवी अन्जु शाह सिंहले फेसियल हाउसलाई वार्षिक उत्सबको शुभकामना व्यक्त गर्दै नारीहरुलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउदै आएको धारणा राखिन । कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै संस्थाकी प्रबन्ध निर्देशक सुस्मा महराले कोभिड पस्चात महिला दिदी बहिनीलाई व्यवसाय संचालन गर्न असहज भैरहेको उल्लेख गर्दै राज्यले सेवा सुविधा दिनु पर्ने माग राखिन । कार्यक्रममा फेसियल हाउसबाट सौन्दर्य कला तालिम लिने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.