Fast Nepal News

अभिनेता नाजिर हुसेनको प्रतिक्षित चलचित्र “गुन्यो चोलो” को प्रदर्शन मिति घोषणा

banner single news

अभिनेता नाजिर हुसेनको प्रतिक्षित चलचित्र  ” गुन्यो चोलो ” को प्रदर्शन मिति घोषणा गरिएको छ।
बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो। चलचित्र आगामी कार्तिक ९ अर्थात अक्टोबर २५ मा रिलिज हुने भएको छ।

सार्वजनिक पोस्टरमा नाजिरको लुक्सले नै चलचित्रको कथावस्तु बोल्छ। नाजिरले  ” गुन्यो चोलो ” कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।

पोस्टरमा नाजिर पहेलो रङ्गको वस्त्रमा देखिएका छन। उनले एउटा हातमा नक्कली कपाल बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ।

Inside Article Ads

अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिर बाहेक चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई मुख्य भुमिकामा देख्न सकिन्छ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन।

 

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.