Fast Nepal News

चलचित्र ” वर एण्ड बधु ” भदौं १४ गते रिलिज हुने

banner single news

चलचित्र  ” वर एण्ड बधु ” भदौं १४ गते रिलिज हुने भएको छ।

वितरकसँगको सल्लाहमा चलचित्रलाई तीजको छेकोमा प्रदर्शनमा ल्याउने तय गरिएको निर्देशक मिलन चाम्सले बताएका छन्।

यो चलचित्रमा अभिनेत्री आँचल शर्मा र डेब्यू अभिनेता विवेक कर्मचार्यको मुख्य भूमिका छ। गरिमा शर्मा, श्रृष्टी खड्का, विजय लामा, किरण केसी,विजु पार्की, हिमेश पन्त, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठलगायत कलाकारहरुको समेत अभिनय देख्न सकिनेछ।

चलचित्रमा जानुका थापाको लगानी, सुदीप बरालको छायांकन, हिमाल केसीको एक्सन छ भने अमित रिजाल कार्यकारी निर्माता हुन्।

Inside Article Ads

प्रदीप भारद्धाजको कथा रहेको चलचित्रले सामाजिक विषयलाई रमाइलो शैलीमा भन्ने निर्माण पक्षले बताएको छ।

चलचित्रको छायांकन नेपाल र रोमानियामा गरिएको हो।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.