
चलचित्र ‘ह्रस्व दीर्घ’ को छायांकनका लागि भारतीय अभिनेता प्रदीप रावत र सुनील वर्मा नेपाल आएका छन्।
अभिनेत्री नीता ढुंगाना र ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले यो चलचित्र निमार्ण गर्न लागेको हो ।अभिनेत्री एवं निर्मात्री नीताका अनुसार काठमाडौंमा उनीहरूको दृश्यको छायांकन भइरहेको छ ।
चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भइरहेको चलचित्रमा सोमबार बिहान ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरू गरिएको थियो।अबको ४ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताएका छन् । चलचित्रलाई आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारी छ।