Fast Nepal News

उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ-अभिनेत्रि आना शर्मा

banner single news

चलचित्र जेरी प्रदर्शनको १० वर्षपछि अहिले ‘जेरी’ को दोस्रो श्रृंखला  ” जेरी अन टप ” छायाङ्कनको तयारीमा छ।

चलचित्रको मुख्य भूमिकाको लागि एकवर्ष अघिनै अनमोलसहित आना अनुबन्धित भइसकेका थिए। तर, केही दिनअघि मात्रै आना बाहिरिएको र जसिता गुरुङको इन्ट्री भएको खबर बाहिरिएको थियो।
जुन विषयमा आनाले पहिलोपटक मुख खोलेकी छिन्। आनाले फेसबुकमार्फत आफूलाई जानकारी नदिएर हटाएको र आफ्नो ठाउँमा अरुलाई राखेको उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘फिल्मको दोस्रो लुक टेस्ट र फोटोसुटको दिनभन्दा अघि नै मैले आफ्नो बिसन्चोबारे टोलीलाई जानकारी दिइसकेकी थिएँ। त्यही दिन उनीहरूले मेरो ठाउँमा अरू कसैलाई अनुबन्ध गरिसकेको जानकारी दिए। यसबारे मलाई पहिले कुनै सूचना र जानकारी दिइएको थिएन। फिल्म टोलीले म लुक टेस्टमा नगएको र मैले व्यावसायिक उत्तरदायित्व निभाउन नसकेको भन्दै मिडियाहरूमा ‘कोट’ दिएको देखें। उनीहरूले मेरो बदनाम गरिरहेको थाहा पाएँ। यसले मलाई ठूलो चोट दियो।’

यस्तै नियत भएर निर्माण टिमले सम्झौता हस्ताक्षर गरौं भन्दा पटकपटक आलटाल गरेको समेत उनको आरोप छ। ‘मैले व्यावासायिक उत्तरदायित्व ननिभाएको भए महिनौंदेखिका त्यति धेरै वर्कसपमा कसरी सहभागी भएँ ? ‘सम्झौतामा हस्ताक्षर गरौं न’ भनिरहँदा उनीहरूले किन पटक पटक आलटाल गरिरहे ? सम्झौता नगरिकनै किन फोटोसुट र लुक टेस्ट गरिरहे ? ’

Inside Article Ads

भावनात्मक मूल्य जोडिएको चलचित्र भएकाले आफू दुइ वर्षदेखि यस चलचित्रमा जोडिएको समेत उनले उल्लेख गरेकी छिन्। बिना जानकारी हटाएर आफूमाथि गलत गरिएको उनको भनाइ छ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.