Fast Nepal News

गायक राजेशपायल राईलाई फ्लाई दुबईले किन लगायो प्रहरीको जिम्मा ?

banner single news

फ्लाई दुबईबाट दुबईमा सांगीतिक कार्यक्रम गर्न जान लागेका गायक राजेशपायल राईलाई एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको छ ।
अत्यधिक मदिरा सेवन गरेर बोडिङ पास भएपछि जहाजमा होहल्ला गरेका कारण फ्लाई दुबईले प्रहरीको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजीपी राजदत्त जोशीले जानकारी दिएका छन् ।

‘उहाँले अत्यधिक मदिरा सेवन गरेर जहाजमा होहल्ला गरी त्यहाँ पालना गर्नुपर्ने नियम पालना नगरेकाले एयरलाइन्सले प्रहरीको जिम्मा लगाएको छ । अहिले उहाँ हामीसँग हुनुहुन्छ,’ डिआईजीपी जोशीले भने ।

उनलाई छोडेर जहाज दुबई उडिसकेको जोशीले बताएका छन्। जहाजमा मदिरा सेवन गर्न पाइने भए पनि अन्य यात्रुसँग होहल्ला गर्न नपाइने नियम रहेको र त्यो नियम राईले उल्लंघन गरेकाले जहाजले फिर्ता पठाएको जोशीले जानकारी दिएका छन् ।

Inside Article Ads

मदिराको नसा कम भएपछि राई अर्को जहाजमा पुनः बोडिङ गरेर जान सक्ने जोशीले बताएका छन् ।

 

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.