Fast Nepal News

‘जेरी अन टप’मा जसिता गुरुङको इन्ट्री, बाहिरिइन् आना शर्मा

banner single news

‘चलचित्र ‘जेरी अन टप’मा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ ।

उनी आना शर्माको ठाँउमा आएकी हुन् । अर्थात आना चलचित्रबाट बाहिरिएकी छन् । यो कुराको जानकारी क्रियटिभ निर्माता रोहित अधिकारीले गराएका हुन् । यो चलचित्रबाट आनापछि अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी थिइन् । आँचल भने यथावत छिन् ।

चलचित्रको लागी प्रोमोसनल फोटोसुटमा आना नआएपछि उनलाई निकालिएको श्रोतको भनाई छ । निर्माण युनिटले बारम्बार कल गर्दा समेत उनी नआएपछी उनलाई निकालेर जसितालाई फाईनल गरेको बताईएको छ । आउँदो साउनको १ गतेबाट छायांकनमा निस्कने चलचित्रका लागी अनमोल र आँचल वर्कसपमा छन् भने अब वर्कसपको लागी अभिनेत्री जसिताले पनि तयारी थाल्नेछिन् ।

Inside Article Ads

जसिता र अनमोलले एकपछी अर्को चलचित्रमा सहकार्य गरिरहेका छन् । यसअघि यि २ ले चलचित्र ‘फर्की फर्की’मा काम गरेका थिए । यता आँचलले भने अनमोल र जसितासंग पहिलो पटक सहकार्य गर्दैछिन् । सरोज न्यौपानेले दिपक भण्डारीसंगको सहकार्यमा निर्माण गर्ने चलचित्र ‘जेरी अन टप’का क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । चलचित्रमा २ नायिकाको नै विशेष भुमिका रहने बताईएको छ । यो चलचित्रलाई काठमाडौ, मुस्ताङ र लुक्लामा छायांकन गरिनेछ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.