Fast Nepal News

गौरव र क्विन्सीले जिते नन्दिनी अर्गानिक “मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२३” तेस्रो संस्करणको उपाधी

banner single news

काठमाडौं । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित नन्दिनी अर्गानिक “मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२३ तेस्रो संस्करणको उपाधी गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् । शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा उनीहरु ९३ प्रतिस्पर्धीहरुलाई उछिन्दै उक्त उपाधी जितेका हुन । त्यस्तै पुरुष र नारी गरि दुई भिन्न टाईटलका लागि भएको स्पर्धामा उस्तै अब्बल प्रस्तुती दिदै अवय खड्गी र जेसिका सिंह ठकुरीले फस्ट रनर अप, विशेष श्रेष्ठ र मिमोसा राईले सेकेन्ड रनर अप, शिशिर रेगामी मगर र एन्जल थापा मगरले थर्ड रनर अप, सहारा लामाले फोर्थ रनर अप र दीपशान्त नेपाली र कुसुम गुरुङले आयोजक छनौट, आदित्य गौतम र अप्सना पन्तले ब्राण्ड एम्बेसडर, उक्रिशा मुधवारीले बिटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्कीले र रञ्जिता कर्माचार्यले मस्ट पपुलर र कुसुम गुरुङ तथा छसुम राईले भ्युअर्स च्वाइसको उपाधी हात पारे ।

शिर्ष टाईटल विजेताहरुले उक्त उपाधीसँगै नगद पुरस्कार ५० हजार रुपैया, स्मार्टफोन प्राप्त गरेका छन् । त्यस्तै सेकेण्ड रनर अपसम्मका विजेताले बुद्ध एयरबाट पोखरा काठमाण्डौको हवाई टिकट र विजेताले विश्व मंचमा प्रतिनिधित्वको अवसर प्राप्त गर्नेछन् । त्यसैगरि, प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा दश जोड दुई अध्ययनका लागि ंछात्रवृत्ति प्राप्त गर्नेछन् । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, विजेताले आशिका एकेडेमीद्वारा व्यावसायिक मेकअप कोर्ष, शीर्ष ८ ले करुणाको ब्यूटी पार्लर र प्रशिक्षण केन्द्रमा एक हप्ताको आधारभूत मेकअप कक्षा पाउने आयोजक कम्पनी एभरेष्ट इभेन्टसले जनाएको छ । फ्लाई टेक अन्तर्राष्ट्रिय एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति, शीर्ष तीनका लागि पोखरामा टूर प्याकेज, फ्रुट जेम्सद्वारा उपहार, नन्दिनी अर्गानिकद्वारा उपहार, नयाँ स्किनोलजीद्वारा उपहार, लेडिज विजेतालाई प्याडलक्स प्रिमियम सेनेटरी प्याडहरू उपहार, उप्स नेपाल द्वारा उपहार ह्याम्पर, सिजिजि स्पोर्ट्स हबबाट बक्सिङ र मुए थाई फिटनेस प्याकेज आदी समेत प्राप्त हुने एभरेष्ट इभेन्टसका सिईओ कृष्ण श्रेष्ठ ९रुविन० ले बताए । साथै एभरेष्ट इभेन्ट्सले विज्ञापन, पत्रिका र समाचार पत्रहरूमा चित्रित हुने अवसरसँगै म्युजिक भिडियो, लघु चलचित्र आदीमा खेल्ने तथा प्रस्तुत गराउदै थुप्रै अवसरहरू सिर्जना गर्दै आएको पनि श्रेष्ठले बताए ।

Inside Article Ads

सुगन्धा अधिकारी र अर्शु महर्जनको कोरियोग्राफीमा सम्पन्न यस प्रतियोगिता कार्यक्रममा रोजिन शाक्यले उदघोषण, एमयुएका अनिश श्रेष्ठले फोटोग्राफी, करुणा ब्यूटी पार्लर र आशिका एकेडेमीले मेकअप र भ्यालेन्टिनो द बुटिक, ज्वाला डिजाइनर र एन्जी डिजिनरले ड्रेस डिजाईनको भूमिका निर्वाह गरेका थिए ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.