
अभिनेत्री नीता ढुंगाना र ज्योतिष एवं अभिनेता हरिहर अधिकारीकोले निर्माण गरेको चलचित्र ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
अभिनेत्री विपना थापा र साउथ अभिनेता प्रदीप रावतलाई प्रस्तुत गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ।
हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको ह्रस्व दीर्घुलाई चन्द्र पन्तले निर्देशन गरेका छन्। चलचित्रमा नेपालीसँगै भारतीय चर्चित कलाकारहरूको अभिनय छ।
नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारहरुको अभिनय रहेको छ।
भारतीय कलाकारमा प्रदीपसँगै ब्रह्मानन्दमसहितका कलाकारहरूको अभिनय छ।
नेपाली र तेलुगू भाषामा बनेको चलचित्र दसैंको अवसर पारेर आउँदो असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।