Fast Nepal News

दिनेश माङमुको `आखुम आखुम ´ बोलको गितको म्युजिक भिडियो सार्वजनिक

banner single news

काठमाडौं  ।दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको रोमान्सले भरिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ ।

नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम लिम्बूकै शव्द तथा चर्चीत संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीत ‘आखुम आखुम’ को म्युजिक भिडियो संगम लिम्बू अफिसियल य्ट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप, गोपाल दर्जीको सहायक छायांकन, निश्चल कुलुङ राईको आर्ट र अनिल रानाको सम्पादन रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ ।

Inside Article Ads

सविन लिम्बूको संगीत संयोजनमा अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन ।

 

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.