
चलचित्र ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
निर्माण टिमले चलचित्रको फरक फरक दुई पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गरेको छ ।
सार्वजनिक फष्टलुक्स मध्य एक पोस्टरमा दयाहाङ र मिरुनालाई बोराको भारी बोकिरहेको दुख्न सकिन्छ । मगर संस्कृतिमा आधारित अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको चलचित्र पूर्वी रुकुम आसपासमा करिब एक महिना छायाङ्कन भएको छ।
चलचित्रको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा, संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।
कृष्ण भण्डारीको सम्पादन रहने चलचित्रमा एमएसएम अस्ट्रेलियाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । चलचित्रलाई नेपाल वितरण आर आर फिल्मसले गर्दैछ । असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतको अभिनय छ ।