Fast Nepal News

सलमान खानको घरबाहिर गोली चलाउने दुवै आरोपि पक्राउ

banner single news

मुम्बईस्थित अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने दुवै आरोपिलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई प्रहरीले गुजरातको भुजबाट पक्राउ गरेको छ।
घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले राति अबेर उक्त सफलता प्राप्त गरेको हो।

गुजरात प्रहरीको टोलीले दुवैलाई पश्चिमी कच्छबाट पक्राउ गरेको पुष्टि गरेको छ। पक्राउ परेकाहरू विक्की गुप्ता र सागर पाल हुन्।

Inside Article Ads

मुम्बई क्राइम ब्रान्चले दुवैलाई मुम्बई लगि सोधपुछ गर्नेछ।

आइतबार अभिनेता सलमानको घरबाहिर मोटरसाइकलमा सवार दुई जनाले गोली चलाएका थिए।

 

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.