Fast Nepal News

चलचित्र ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक

banner single news

चलचित्र ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोेष्टरमा अनमोल र जसिता रोमान्टिक अवतारमा देखिएका छन् । रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको चलचित्र ‘फर्की फर्की’ मा सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको छ । यो चलचित्र आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।

Inside Article Ads

चलचित्रमा अनमोल र जसिता बाहेक रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय रहेको छ । सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी रहेको छ । केही समयको अन्तरालपछि अनमोलको नयाँ चलचित्र आउन लागेको हो ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.