Fast Nepal News

चलचित्र ‘एक मुठ्ठी बादल’को छायांकन सकिएको छ

banner single news

 

चलचित्र ‘एक मुठ्ठी बादल’को छायांकन हालै सकिएको छ ।

साहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा छायाँकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन् । भियतनामकी ड्यानको यो तेस्रो फिचर फिल्म हो । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् ।

Inside Article Ads

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेको फिल्मलाई अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाले संयुत रूपमा निर्माण गरेका छन्।

गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, आदि कलाकारको अभिनय देख्न सकिन्छ ।
८ मार्च अर्थात नारी दिवस, तथा, महाशिवरात्रीको अवसर पारेर शुभ मुर्हसँगै सुटिङ्ग सुरु भएको फिल्मको रिलिज मिति जुर्न बाँकी छ । निर्देशक सहारा शर्माले फिल्मको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताएकि छन् ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.