Fast Nepal News

नयाँ वर्षको अवसर पारेर हलहरुमा तीन नेपाली चलचित्रहरु प्रदर्शनमा

banner single news

नयाँ वर्षको अवसर पारेर हलहरुमा तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् ।

२०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ प्रदर्शनमा आएका छन् । चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ । २०८०को अन्तिम दिन शुक्रबार र शनिबार वर्ष २०८१ को पहिलो दिन चलचित्र हेर्न हलमा दर्शक भरिभराउ भएका छन्।

शनिबार नयाँवर्ष भएकाले पनि तीनै चलचित्रका अधिकांश सो ‘हाउसफुल’ थिए ।

डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’मा अभिनेता दयाहाङ राई र अभिनेत्री आचल शर्मा शीर्ष भूमिकामा छन् । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको छ।

Inside Article Ads

शुक्रबारबाटै प्रदर्शन गरिएको अर्को चलचित्र ‘द रेड सुटकेस’मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ । चलचित्रमा अभिनेता विपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

चौथो सातामा प्रदर्शनरत चलचित्र ‘महाजात्रा’मा दर्शकको उपस्थिति घटेको छैन । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ ।

 

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.