
अभिनेता पल शाह नयाँ चलचित्र ‘रावायण’का लागि एक्सन सिकिरहेका छन् ।
निर्देशक सुदर्शन थापाको निर्देशन रहने चलचित्रका लागि उनि एक साता यता एक्सन निर्देशक श्री श्रेष्ठसँग एक्सन सिक्वेन्स सिकिरहेका छन्।
पलले आफ्नो ‘लभर ब्वाई’को छविलाई फेर्न एक्सन सिकिरहेको बताएका छन्। ‘मलाई अहिलेसम्म दर्शकले प्रेमकथामा फिल्ममा धेरै देख्नुभयो। अब म त्यो छवि फेर्न चाहन्छु’, उनले भने।
२०८१ भाद्र २१ गतेलाई रिलिज मिति तोकिएको चलचित्र ‘रावायण’ वैशाखबाट छायांकनमा जाँदैछ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्ममा सुदर्शन थापा र पुजा शर्माको संयुक्त लगानीरहेको छ। चलचित्रमा पलसँगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारहरुको अभिनय रहने छ।