Fast Nepal News

चलचित्र ‘डिग्री माइला’ ले देशभर पायो ९७ शो

banner single news

चलचित्र ‘डिग्री माइला’को अग्रिम टिकट बुकिङ खुला भएको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रले सिनेमा घरहरूमा उच्च संख्यामा शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै २४ शो उपलब्ध गराएको छ । देशभर क्यूएफएक्सले ६० शो दिएको छ भने काठमाडौं बाहिर क्यूएफएक्सले ३६ शो पाएको छ ।

दयाहाङ राई र आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘डिग्री माइला’ले क्यूएफएक्सबाहेक देशभर ९७ शो पाएको छ ।
चलचित्रमा दयाहाङ र आँचलसँगै विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको समेत अभिनय छ ।

Inside Article Ads

सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.