Fast Nepal News

एक्शन कट भन्न जान्ने सबै निर्देशक भए

banner single news

चलिचत्र जगतमा डिजिटल प्रबिधिको प्रबेश सँगै नयाँ निर्देशक बन्न होडबाजी चलेको देखिन्छ।

सोसल साइटमा भिडियो बनाउदा बनाउदै टेलिफिल्म र सट फिल्मका नाममा हुने नहुने बिषयका भिडियो अपलोड गर्दै डाइरेक्टरको ताज भिडेकाहरुको माझमा बर्षौं तालिम र अनुभव लिएका डाइरेक्टरहरू हग्नेलाई भन्दा देख्नेलाई लाज झै भएको छ। यति मात्र हैन राम्रो क्यामरामैन लिएर सबै उसैको भरमा छोडेर आफ्नो नाममा डाइरेक्टरको पगरी गुथ्नेको पनि कमि छैन यहाँ निर्देशक फौद प्रिन्सले बताए। आर्थिक लाभ र सम्झौताको कारण पनि यस्तो हुने गरेको उनको ठम्मयाइ रहेको छ। क्यामरा फ्रेम र सट साईज समेत ज्ञान नभएका निर्देशकले फेरी उही बागबजारको गल्ली र अनामनगरको गल्लीमा घडियालले आहारा पर्खे झै पर्खिरहेको देख्दा दुखद लागेको कुरा हामीलाई बताएकाछन् ।

Inside Article Ads

आजको बिश्व डिजिटमा छ र आधुनिक युगमा प्रबिधि सँग जुध्न सक्नु पर्छ बिना ज्ञानको अविस्कारले अंधकार तिर लगेको उनले जोड दिए ।यस किसिमको प्रवृति निर्देशकमा मात्र नभै क्यामरा मैन र सम्पादकमा पनि देखिएको छ । जसले गर्दा उत्कृष्टता सुन्य रहेको कुरा तामाङले बताएका छन् ।

Visited 53 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.